कुशल अनि फरक अभिनय गर्ने अभिनेता नाजिर हुसेनको आज आफ्नो जन्मदिन मनाउँदै छन् । चलचित्र ‘होस्टेल रिटन्स् ’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका उनको अभिनय कौशलकै कारण दर्शकको प्रिय बनेका छन् । बि सं २०४७ मा सिमरामा जन्मिएका नाजिरले आज ३० औँ जन्मदिन मनाउँदै छन् । चलचित्रमा उनको काम मन पराए पनि व्यावसायिक रूपमा त्यति सफल हुन नसकेका नाजिर पछिल्लो समय म्युजिक भिडियोमा व्यस्त छन् । जसबाट उनले दर्शकको माया अत्यधिक पाइरहेका छन् । जन्मदिनको अवसरमा नाजिरलाई चलचित्र कर्मी लगायत उनका शुभचिन्तकले शुभकामना दिइरहेका छन् । आफ्नो अभिनय र शालीन व्यक्तित्वले दर्शकको मन जित्न सफल नाजिर हुसेनलाई जन्मदिनको शुभकामना!!