यो २०७४ सालको सुरुवात देखि दर्जनौ चलचित्रहरु प्रदर्शनमा आइसकेका छन् । केही चलचित्र सफल भए भने केही चलचित्र असफल भएका छन् । साउनमा केही चलचित्रहरु प्रदर्शन भए त केही चलचित्र प्रदर्शन हुने तयारीमा छन् । भदौ महिनामा मात्र आधा दर्जन भन्दा बढि चलचित्र प्रदर्शन हुदै छ । त्यसमा पनि भदौ ८ गते एउटै कथामा आधारित रहेको प्रकाश आङदेम्बेले निर्देशन गरेको चलचित्र ‘देश खोज्दै जाँदा’ र विजय लिम्बु केरुङ निर्देशित चलचित्र  ‘हामी शरणार्थी’ एकसाथ प्रदर्शन हुदै छन् । दुवै चलचित्रमा भुटानी शरणार्थीको विषयलाई उठाइएको छ ।

९०को दशकमा जब भुटानमा बसोबास गर्ने दक्षिणी भेगका नागरिकलाई सरकारले गैरनागरिक घोषणा गरेसँगै लाखौँ नेपाली बासीहरु भारतको बाटो हुदै नेपालको शरणमा बसेका थिए । करिब २५ वर्ष देखि नेपालमा भुटानी शरणार्थीको जीवन भोगिरहेका मध्ये करिब १ लाख तेस्रो मुलुक गैसकेका छन् । भुटानबाट लखेटिने क्रममा भोगेको दुख, कष्टलाई ‘हामी शरणनर्थीमा देखाइएको छ । चलचित्रमा शिल्पा पोखरेल, जीवन भट्ट्राई, प्रतिमा रसाइली, वलदिप राई लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई विजय लिम्बु केरुङले निर्देशन गरेका हुन् । 


 

त्यस्तै भुटानी शरणार्थीले आफु बसोबास गरेको देश भुटान जान पाउ भन्दै गरेको आन्दोलन, उनीहरुको दुख र सर्घषलाई चलचित्र ‘देश खोज्दै जाँदा’मा देखाइएको छ । चलचित्रमा बाबु बोगटी, हेमन्त बुढाथोकी, मिना कोइराला, अरुणा लामा लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई प्रकाश आङदाम्बेले निर्देशन गरेका हुन् ।