बुधवार असामयिक निधन भएका निर्देशक छेतन गुरुङको अन्त्येष्टि गरिएको छ । बिहीबार बिहान स्वयम्भूस्थित मनाङ समाज हिमाली गुम्बामा बौद्ध परम्परा अनुसार अत्येष्टी गरिएको हो । उनको उपचारका क्रममा निधन भएको थियो । कलेजोमा समस्या आएपछि उनलाई दुई दिन अघी अस्पताल भर्ना गरिएको थियो । गुरुङलाई श्रद्धाञ्जली दिनका लागि चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, नायक आर्यन सिग्देल, प्रदीप खड्का, सलोन बस्नेत, नायिका झरना थापा, निर्देशक दिनेश राउत, निर्माता सन्तोष सेन, नायिका कृष्टिना गुरुङ, निर्माता सुनिल कुमार थापा लगायत पुगेका थिए । निर्देशक गुरुङले पछिल्लो समय निर्देशन गरेको चलचित्र 'प्रेमगीत ३' हो जुन कोरोना महामारीका कारण तोकिएको समयमा रिलिज हुन पाएको छैन । उनी चलचित्र 'हुतुतु'को निर्माणको तयारीमा थिए ।