एक समय नेपाली चलचित्रमा निकै रुचाइएका अभिनेता जीवन लुइँटेलको आज जन्मदिन परेको छ । हाल अमेरिकामा रहँदै आएका लुइँटेल आज आफ्नो ३८ औँ जन्मदिन मनाउँदै छन् । नेपाली चलचित्र 'तिर्खा'बाट अभिनयमा डेब्यु गरेका उनले २००२ को 'मिस्टर नेपाल'को उपाधि विजेता पनि हुन् । सानो संसार, मेरो एउटा साथी छ, कसम हजुरको, नसिब आफ्नो, नाइँ नभन्नु ल, म तिम्रो भइसकेँ, मालतीको भट्टी, अन्दाज, रिदम, नोट बुक, नाइँ नभन्नु ल २, स्टूपिड मन’ लगायतका चर्चित चलचित्रमा काम गरेका उनले ६० भन्दा बढी चलचित्रमा काम गरेका छन् । उनले अभिनय गरेको पछिल्लो चलचित्र स्टूपिड मन हो जसबाट जीवनले आशा गरे अनुरूप सफलता पाउन सकेनन् । त्यस पछि अमेरिका हानिएका उनी अहिलेसम्म उतै छन् । उनले काम गरेका चलचित्र मात्र चर्चित भएनन् साथमा चलचित्रका गीत सङ्गीत निकै रुचाइयो । एक दशक सम्म दर्शकलाई चलचित्रमार्फत मनोरञ्जन दिन सफल दर्शकले रुचाएका नायक जीवन लुइँटेललाई जन्मदिनको असीम शुभकामना!!