नायिका निता ढुङ्गानाले आफ्नो २८ औँ जन्मदिन मनाउँदै छिन् । लामो समय यता लकडाउनले घरमा नै रहेकी ढुङ्गानाले आफ्नो जन्मदिन उनी निकट व्यक्तिसँग नै मनाउँदै छिन् । सन् २००८ मा रिलिज भएको चलचित्र 'अजम्बरी नाता'बाट नेपाली फिल्म इन्डस्ट्रीमा डेब्यु गरेकी नीताले हालसम्म नोटबुक, छ एकान छ, पञ्चायत लगायत आधा दर्जन बढी चलचित्रमा काम गरिसकेकी छिन् । चलचित्रका साथमा म्युजिक भिडियोमा निकै रुचाइएकी उनले पछिल्लो समय गणेश भजन गाएर गायनमा समेत हात हालेकी छिन् । केही दिन अघी नीताले  ‘श्रीमद्भगवत गीता’ नाममा वेव सिरिज निर्माण समेत गर्ने घोषणा गरेकी छिन् । युटुब र टेलिभिजनमा प्रशारण हुने करिब ४० भागको यो वेव सिरिजलाई अब नीता आफैले निर्देशन गर्ने भएकी छिन् । हरेक जन्मदिनमा केही न केही कार्यक्रममा सहभागी भएर फिल्म कर्मी र नजिकका साथिहरुसँग जन्मदिन मनाउने गरेकी उनले यसपालि कुनै सार्वजनिक कार्यक्रममा सहभागी नभै जन्मदिन मनाउँदै छिन् । जन्मदिनको अवसरमा नीतालाई फिल्मकर्मी तथा दर्शकहरुले सामाजिक सञ्जालको माध्यमबाट जन्मदिनको शुभकामना दिइरहेका छन् । नेपाली सहित भोजपुरी चलचित्रमा समेत काम गरिसकेकी सुन्दरी नायिका नीतलाई जन्मदिनको शुभकामना!!