आज गायक प्रकाश सपुतको जन्मदिन परेको छ । गायक तथा निर्देशक/अभिनेता सपुतले आज आफ्नो ३०औँ जन्मदिन मनाउँदै छन् । नेपाली गीत सङ्गीतको क्षेत्रमा फरक शैलीको सुरुवात गरेर लोकप्रिय बनेका गायक सपुतले बोल माया, गलबन्दी, नमस्कार, दोहोरी ब्याटल लगायत दर्जनौँ गीत गाएका छन् । गीत सङ्गीतको माध्यमबाट समाजमा यथावत् विभिन्न पाटोलाई उजागर गर्ने कोसिस गर्ने गायक सपुतले पछिल्लो समय म्युजिक भिडियो 'बदला बरिलै' निर्देशन गरे जसले उनलाई थप दर्शकको प्रेम दियो । आफ्ना गीत सङ्गीतमा ठेट नेपाली पन समावेश गर्ने कोसिस गर्ने र यसको मध्यमबाट दर्शक श्रोताको मनमा बस्न सफल गायक प्रकाश सपुत अब भने नायक पनि बनेका छन् । हिरो बन्ने उद्देश्यले अगाडी बढेका उनलाई गीत सङ्गीतका मार्फत दर्शकले निकै माया दिए ।
यो सँगै उनको हिरो बन्ने सपना पनि पुरा गर्दै छन् । उनी चलचित्र 'परदेशी' २ मा अभिनेताको रूपमा आउँदै छन् । लकडाउन अघी छायाङ्कन सुरु भएर रोकिएको चलचित्र कोरोना महामारीले सामान्य रूप लिए पछि पुनः फ्लोरमा जानेछ । आफ्नो आवाज र गीत मार्फत कथा भन्ने शैलीले दर्शकको मन जितेका गायक अभिनेता प्रकाश सपुतलाई को शुभकामना!