नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट तथा कलाकार विजय लामालाई कोरोना सङ्क्रमण भएको छ । सङ्क्रमण पुष्टि भएपछि लामा अहिले सोल्टी होटेलको आइसोलेसनमा छन् । लामाले आइतबार कोरोना परीक्षणको लागी स्वाब दिएका थिए । स्टार अस्पतालमा गरिएको स्वाब परीक्षणमा उनलाई कोरोना सङ्क्रमण भएको रिपोर्ट आएको हो । रिपोर्ट पोजेटिभ आएसँगै आफू आइसोलेसनमा भर्ना भएको लामाले बताएका छन् । उनीसँगै नेपाल वायुसेवा निगमको वाइड बडी जहाज उडाएका बेलायती क्याप्टेन उदय कोल्हात्करलाई सङ्क्रमण पुष्टि भएको छ । उनी पनि लामासँगै सोल्टीको आइसोलेसनमा छन् ।