पल शाह र धुर्मुस सुन्तली अभिनित ‘तिमीलाई देखेपछि आई लभ यु भन्न मन लाग्यो’ गीतको सिक्वेलको रुपमा नयाँ गीत ‘जता जता पिरतीको बाटो....’ सार्वजनिक भएको छ । युट्युबमर्फत मंगलबार गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा सरोज ओलीको स्वर रहेको छ भने दिनेश थपलियाको शब्द र बसन्त सापकोटाको संगीत रहेको छ ।

 

भिडियोमा पल शाह र कार्टुन्ज क्रुले फिचरिङ गरेका छन् । कार्टुन्ज क्रुले यो भिडियोलाई आफुहरुको कमब्याक भिडियो भएको बताएका छन् ।