नेपाल आइडल सिजन ३ बाट चर्चामा आएकी गायिका हुन् रचना रिमाल । उनी नेपाल आइडलको उत्कृष्ट ८ बाट नै बाहिरिइन् । उत्कृष्ट ८ बाट नै नेपाल आइडलको यात्रा सकिए पनि यति बेला उनी निकै व्यस्त छिन् । उनले एक पछि अर्को गीत गाइरहेकी छिन् जसले उनलाई दर्शकको माया दिलाइरहेको छ । उनले अहिलेसम्म करिब २० वटा गीतमा आवाज दिइसकेकी छिन् जसमा केहीलाई दर्शकले अत्याधित रुचाएका छन् । झापा घर भएकी सुमधुर स्वरकी धनी रचना सानै देखी गीत सङ्गीतमा धेरै रुचि राख्थिन् । सानोमा मन्दिरमा भजन गाउने रचना आज आएर नेपालीको मनमा बस्न सफल गायिकाको रूपमा स्थापित भएकी छिन् । सरल व्यवहार र व्यक्तित्वकी धनी रिमालका फोटो फिरिममा, सुनन पियारी, उनको प्रीति, मिनिरल वाटर, आयौँ चेली लगायत धेरै गीत निकै चर्चित भएका छन् । सामान्य परिवार र सरल जीवन शैलीका साथ बाँच्ने रचनासँग हामीले अन्तरङ्ग कुराकानी गरेका छौँ । उनले आफ्नो गायनको यात्रा र विगतको जीवनबारे धेरै कुरा गरेकी छिन् । हेरौँ रचनासँग गरिएको कुराकानी!!