लोकप्रिय वरिष्ठ हास्य जोडी 'मह जोडी' को भाइबर स्टिकर प्याक उपलब्ध भएको छ । मेसेजिङ एवं कलिङ एप भाइबरसँगको सहकार्यमा मह सञ्चारले उक्त प्याक सञ्चालनमा ल्याएको हो । हाल भाइवरमा मह जोडी स्टिकर प्याक निःशुल्क राखिएको छ । स्टिकरहरूमा कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले विभिन्न फिल्म एवं टेलिफिल्ममा निर्वाह गरेको चरित्रको चित्र समावेश छ । चित्रसँगै रोचक अनि ठट्यौली शैलीका संवादहरू पनि छन् । यसबारे कलाकार हरिवंश आचार्यले फेसबुकमार्फत जानकारी दिएका हुन् । उनले 'दर्शकले मन पराएका विभिन्न चरित्रहरू अब भाइबर स्टिकरमा उपलब्ध छन्', लेखेका छन् ।