अभिनेता प्रदीप खड्कालाई पर्दामा देख्ने दर्शकको चाहना कोरोना महामारीले गर्दा पुरा हुन सकेको छैन । उनको प्रदर्शनको तयारीमा रहेको चलचित्र 'प्रेमगीत ३' रिलिज हुन पाएको छैन । प्रदीपले केही समय अघी चलचित्र 'हुतुतु'मा काम गर्ने फाइनल गरिसकेका छन् । तर हुतुतु निर्देशनको जिम्मा लिएका निर्देशक छेतेन गुरुङको असामयिक निधन भएपछि चलचित्र कहिले सुरु हुन्छ निश्चित छैन । यस अन्योलताको बिच प्रदीप एक नयाँ चलचित्रमा इन्ट्री गरेका छन् । उनले ‘हुतुतु’ भन्दा अगाडि काम गर्ने गरी निर्देशक दिनेश राउतले निर्देशनमा बन्ने चलचित्रमा काम गर्ने पक्का गरेका हुन् । सामाजिक कथामा आधारित हुने चलचित्रको तयारीमा उनी लागेका छन् । निर्देशक राउतले पनि प्रदीपलाई लिएर बनाउने नयाँ चलचित्रको तयारी थालेका छन् ।
सरकारले चलचित्रको छायाङ्कन अनुमति दिएसँगै चलचित्र फ्लोरमा जाने राउतले बताएका छन् । दिनेशका अनुसार उनले चलचित्रको कथा केही वर्ष अगाडि सोचेका थिए लकडाउनको समयमा स्क्रिप्ट फाइनल गरेपछि यस चलचित्रको लागी काम अगाडी बढेको हो । चलचित्रका लागि प्रदीपले २० लाख पारिश्रमिक बुझेको खबर बाहिरिए पनि यसबारे आधिकारिक जानकारी आइसकेको छैन । साथै चलचित्रका लागी अन्य कलाकारको बारेमा राउतले केही खुलाएका छैनन् ।