अभिनेता भुवन केसीको आज जन्मदिन परेको छ । नेपाली फिल्म इन्डस्ट्रीमा सदाबहार अभिनेताको रूपमा दर्शकले मनमा राखेका केसी उमेरले ६० कटिसके पनि उत्तिकै सक्रिय र जवान छन् । ३ दशक भन्दा लामो समय नेपाली चलचित्र क्षेत्रमा बिताएका उनी अभिनेता हुँदै निर्माता निर्देशक बनिसकेका छन् । भुवनलाई जन्मदिनको अवसरमा उनका छोरा अभिनेता अनमोल केसीले इन्स्टाग्राम स्टोरी मार्फत जन्मदिनको शुभकामना दिएका छन् । सय भन्दा बढी चलचित्रमा अभिनय गरेका नायक केसीले चलचित्र 'जुनी' बाट डेब्यु गरेका हुन् । भने चलचित्र 'ड्रिम्स' मार्फत निर्देशन यात्रा सुरु गरेका हुन् । उनले पछिल्लो पटक अभिनय गरेको चलचित्र 'मिस्टर नेपाली' हो । जन्मदिनको अवसरमा भुवनलाई उनका सहकर्मी, फिल्मकर्मी तथा शुभचिन्तकले जन्मदिनको शुभकामना दिइरहेका छन् ।