नेपाली कुशल अभिनेता दिलीप रायमाझीको आज जन्मदिन परेको छ । नेपाली चलचित्र क्षेत्रमा अभिनयका साथमा सुन्दर र मोहनी लगाउने नृत्य गर्ने रायमाझी सन् १९७६ मा आज कै दिन (असोज १ गते) जन्मिएका हुन् । चलचित्र ‘भानुभक्त’ बाट अभिनय यात्रा सुरु गरेका रायमाझीलाई दर्पणछाँया, आफ्नो मान्छे, जस्ता सुपर हिट चलचित्रकै कारण दर्शकले चिन्ने मौका पाएका थिए । नेपाली फिल्म इन्डस्ट्रीमा आफ्नो माग उत्तिकै रहँदै गर्दा अमेरिका हानिएका दिलीप केही समय उतै हराए । अमेरिकामा पनि उनले डान्स स्टुडियो खोलेर डान्स सिकाउने गरेका उनी नेपाल फर्किए पछि पनि आफ्नो क्षेत्रलाई त्यसै भने छोडेनन् । उनी नेपाल फर्किएको केही समयमा नै चलचित्र 'लक्का जवान'सँग जोडिए जुन चलचित्र कोरोना महामारीको कारण बिचमा नै रोकिएको छ । नेपाल फर्किएपछि म्युजिक भिडियोमा समेत केही व्यस्त बनेका नेपालका डान्सिङ स्टार अभिनेता रायमाझीलाई जन्मदिनको शुभकामना दिनेको ओइरो लागेको छ । उनका सहकर्मी, चलचित्रकर्मी तथा शुभचिन्तकले सामाजिक सञ्जालमा शुभकामना दिइरहेका छन् । हाम्रो तर्फबाट पनि कुशल अभिनेता रायमाझीलाई जन्मदिनको धेरै शुभकामना!