मेडिकल क्षेत्रको सुधारको लागी डा.गोविन्द केसी यतिबेला ११ औँ आमरण अनसन बसिरहेका छन् । पटक पटक अनसनमा बसेका डा.केसीको माग पुरा हुने आश्वासन देखाए पनि माग पुरा नभएकाले अन्तिम पटकको लडाई भन्दै उनी फेरि अनसनमा उत्रिएका हुन् । यतिबेला उनको समर्थनमा बिभिन्न क्षेत्रका व्यक्तिहरुले समर्थन जनाइरहेका छन् । त्यस्तै डा.केसीको माग पुरा नभएसम्म केही दिन लागी फेसबुक ग्रुप मेन्स रुम रिलोडेडका युवाहरु रिले अनसनमा छन् । यदि उक्त समय सम्म पनि माग पुरा नभए आमरण अनसन बस्ने उनीहरुले बताएका छन् ।

यता समाजिक सञ्जालबाट पनि कलाकारहरुले डा.केसीको बिषयमा समर्थन जनाइरहेका छन् । यतिबेला भारतमा रहेका निर्देशक निश्चल बस्नेतले फेसबुकमा स्टाटस पोस्ट गर्दै डा. केसीको समर्थनमा रहेको लेखेका छन् । निश्लले फेसबुकमा ‘जनताको आवाज बोक्ने जो कोहीलाई पनि कुर्सिमा बस्नेले कहिले देखि सहेनन् ।’ भन्दै लेखेका थिए ।
यता जात्रा निर्देशक प्रदिप भट्टराई रिले अनसन चलिरहेको स्थानमा पुगेर आफ्नो समर्थन जनाएका थिए ।