नेपाल आइडल ३ का टप तिनमा पर्न सफल प्रतिस्पर्धी हुन किरण भुजेल । उनको आवाजले दर्शकको मन त जित्यो नै उनले केही समय अघी नै सुरु गरेको साङ्गीतिक यात्रालाई सुनौलो बनाइदिएको छ । वाइल्ड कार्ड मार्फत आइडलमा पुनः प्रवेश पाएका किरणले टप तीनको यात्रा तय गर्दा धेरै कुरा सिके र अनुभव गरे । उनलाई पहिलो पटक आइडलबाट बाहिरिँदा सबै कुरा सकिए जस्तो लागेको थियो । तर वाइल्ड कार्ड मार्फत पुनः प्रवेश पाउँदा उनी कम्ता खुसी भएनन् । नेपाल आइडलबाट उनले साङ्गीतिक यात्राको अनुभव मात्र लिएर गएनन् साथमा विश्वभर महामारीको रूपमा फैलिएको कोरोनाको पनि अनुभव गरे । नेपाल आइडलको फाइनल नहुँदै उनलाई कोरोना सङ्क्रमण भएको खबर उनले पाए । यसले उनलाई केही डरको सामना गर्नु पर्ने त बनायो तर कोरोनाको लक्षण नदेखिएको र स्वास्थ्यमा कुनै समस्या न आएकाले त्यति डर भने पलाउन पाएन ।

उनले आफू १७ दिन क्वारेनटिनमा बस्दा पनि साथीहरूको साथ र प्रेरणा पाएकाले आफूले कहिल्यै एक्लो अनुभव नगर्नु परेको बताउँछन् । आफ्ना नजिक का व्यक्ती हरूबाट जति नै साथ र हौसला पाए पनि समाजले कोरोना सङ्क्रमित प्रति देखाउने व्यवहार निकै दुख लाग्दो भएको अनुभव साँट्छन् । हामीले किरणको साङ्गीतिक यात्रा र कोरोना सङ्क्रमित हुँदा भोगेका अनुभवका बारेमा कुरा गरेका छौँ! हेरौँ भिडियोमा किरणको नेपाल आइडल देखी कोरोना सङ्क्रमित हुँदाको अनुभव!