चलचित्र विकास बोर्डले छात्रवृत्तिको लागि आवेदन आह्वान गरेको छ । चलचित्र सम्बन्धी अध्ययन गरिरहेका विद्यार्थीले छात्रवृत्तिका लागि आवेदन दिन सक्ने बोर्डले जानकारी दिएको छ । यही असोज १४ गते सम्म बोर्डको कार्यालय वा (nepalfilmscholarship@gmail.com) इमेलमार्फत इच्छुक विद्यार्थीले अनलाइन आवेदन भर्न सक्नेछन् ।चलचित्रसम्बन्धी अध्ययन गरिरहेका विद्यार्थीलाई प्रोत्साहन र हौसला प्रदान गर्ने उद्देश्यले छात्रवृत्ति प्रदान गर्न लागेको चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले जनाएका छन् । बोर्डले २ जनालाई विद्यावारिधि शोध वृत्ति, २ जनालाई दर्शनाचार्य शोध वृत्ति, ४ जनालाई स्नातकोत्तर छात्रवृत्ति, १० जना (खुल्ला ५ र आरक्षण ५) लाई स्नातक छात्रवृत्ति र लघु पाठ्यक्रम अध्ययनरत २ जना विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्न लागेको हो । विकास बोर्ड विद्यालय र कलेजको पाठ्यक्रममा नेपाली चलचित्रलाई समेट्नका लागि पहल समेत गरिरहेको छ ।

फिल्म अध्ययन गरिरहेकाका लागि छात्रवृत्ति दिँदै बोर्ड