हेम कुमार क्षेत्रीको स्वरमा नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । 'यति माया गर्दा पनि' बोलको गीतमा शब्द समेत गायक क्षेत्रीकै रहेको छ भने सङ्गीत दीपक शर्माले दिएका छन् । युट्युबमा सार्वजनिक गीतको भिडियोमा नायक सलोन बस्नेत, करिश्मा केसी र सिर्जना केसी फिचर्ड छन् । म्युजिक भिडियोलाइ मुनाल शिशिरले निर्देशन गरेका हुन् । हेम्स इन्टरटेनमेन्टले बजारमा ल्याएको म्युजिक भिडियोमा उत्सव दाहालको छायाङ्कन, अर्जुन पोखरेलको सम्पादन रहेको छ । गीत ले जति माया गर्दा पनि माया नदेख्नेलाई केही भन्न नसिकिने र माया गरेको मान्छेले छोड्दा बाँच्न नसकिने भाव गीतले बोकेको छ । गीत निकै मार्मिक रहेको छ भने गीतको अडियो भिडियो सुन्दर बनेको छ । गीत हेम्स इन्टरटेन्टमेन्टको युट्युब च्यानलमा उपलब्ध छ ।