लोक गायिका विष्णु माझी र पहिलो लोक स्टार शनी विश्वकर्माको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । 'झुम्का झलक्कै' बोलको गीत आइतबार युट्युबमा सार्वजनिक गरिएको हो । शिव हमालले शब्द तथा सङ्गीत रहेको गीत आशिष अविरलले एरेञ्ज, मिक्सिङ र मास्टरिङ गरेका हुन् । सार्वजनिक गीतको भिडियोमा कलाकार सागर लम्साल(बले), रियाशा दाहाल, चक्र बम र गीता ढुङ्गाना फिचर्ड छन् । गम्भीर विष्टको कन्सेप्ट तथा निर्देशन रहेको गीत गीतमा सुबोल थापाको कोरियोग्राफी रहेको छ भने नवराज उप्रेतीको छायाङ्कन रहेको छ । भिडियोलाई नवीन निरौलाले सम्पादन गरेको भिडियो निकै रमाइलो र सुन्दर बनेको छ । बले र रियाशाले पहिलो पटक यसै गीतमा सहकार्य गरेका हुन्, यस डान्सिङ नम्बरमा यी दुई तथा अन्य कलाकारको सुन्दर नृत्य हेर्न सकिन्छ ।