निर्माणाधीन चलचित्र 'लक्ष्मीपूजा' यही दसैँमा रिलिज हुने भएको छ । सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भइरहेको यस चलचित्रको  यति बेला उपत्यकाका विभिन्न स्थानमा छायाङ्कन भइरहेको छ । पारिवारिक प्रेमकथा रहने फिल्ममा दसैँ र तिहारको परिवेश प्रदर्शन गरिने निर्माता शोभित बस्नेतले जनाएका छन् । समीर मियााले निर्देशन गरिरहेको चलचित्रमा जयकिशन बस्नेत, जाहन्वी बस्नेत, अस्मिता जुरेली, नीर शाहको अभिनय रहने छ भने सलोन बस्नेत र रियाशा दाहाल विशेष भूमिकामा देखिने छन् । 'लक्ष्मीपूजा'मा जाह्नवीको मुख्य र दोहोरो भूमिका रहने बुझिएको छ । चलचित्रमा विपिन आचार्यको सङ्गीत, दयाराम पाण्डेको गीत, केदार भुषालको लेखक, रामजी लामिछानेको कोरियोग्राफी र जयकुमार दर्लामीको छायाङ्कन रहने छ ।