प्रताप दास, समीक्षा अधिकारी र आयुशा गौतमको स्वर रहेको गीत 'सानु' सार्वजनिक भएको छ । कमल सरगमको शब्द तथा रमेश दुलालको सङ्गीत रहेको गीत एरेन्ज कमल सौराग, रेकर्डिष्ट विमल एरिस छिनालको रहेको छ । सोमबार युट्युबमा सार्वजनिक गरिएको म्युजिक भिडियोमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री एलिजा गौतम फिचर्ड छन् । प्रभावन जेले निर्देशन गरेको यस लोक दोहोरी गीतमा आकाश र एलिजाको साथमा गुराँस ढकाल, बाल कलाकार साइमरा थापालाई अभिनय रहेको छ । अहिलेसम्म आधुनिक गीत सङ्गीतमा निकै रुचाइएका प्रतापको यो पहिलो लोक दोहोरी गीत हो । गीतको अडियो तथा भिडियो निकै सुन्दर बनेको छ । गीतको भिडियोलाई ज्ञानेन्द्र शर्मा हुंमागाईले खिचेका हुन् भने कोरियोग्राफी सन्तोष राजबाहकले गरेका हुन् । गीत डर मुभिजको युट्युब च्यानलमा उपलब्ध छ ।