नेपाली चलचित्रका सफल रियल लाइफ जोडी निश्चल बस्नेत र स्वस्तिमा खड्का आइएस्पी कम्पनी भायानेटका ब्रान्ड एम्बेसेडर नियुक्त भएका छन् । हरेक उमेर समुहका दर्शकमाझ लोकप्रिय रिल लाइफ र रियल लाइफ जोडीले कम्पनीसँग सम्झौतामा हस्ताक्षर गरेका हुन् । विगत २० वर्षदेखि ग्राहकको सेवामा रहेका भायानेटले हरेक वर्गका दर्शकमाझ परिचित र लोकप्रिय रहेका कारण यो जोडीलाई आफ्ना अगामी बजार प्रवर्धन प्रभावकारी ढङ्गले आफ्ना ग्राहकहरू समक्ष ल्याउनको लागि आबद्ध गरेको बताएको छ ।
अहिलेको समयमा इन्टरनेट अति आवश्यक कुरा हो र भायानेटले विश्वासिलो सेवा प्रदान गरेका कारण आफूहरू यसको ब्रान्ड एम्बेसडर बन्न तयार भएको निश्चल- स्वस्तिमाले प्रतिक्रिया दिएका छन् । भायानेटका सिइओ सेवा पाठकले पनि भायानेटको लागि ब्रान्ड एम्बेस्डरको रूपमा निश्चल र स्वस्तिमालाई आबद्ध गर्न पाउँदा हामी ज्यादै खुसी भएको बताइन् ।