कोरोना महामारीका कारण लामो समयदेखि ठप्प रहेको चलचित्र क्षेत्र बिस्तारै चलायमान हुने तरखरमा छ । यसै बिच केही चलचित्र निर्माण पक्षले चलचित्र निर्माणको तयारी गरिरहेका छन् । भने कहिले चलचित्र निर्माण घोषणाको तयारी समेत गरिसकेका छन् । यसै बिच चलचित्र 'कृष्ण लीला' निर्माण हुने भएको छ । चलचित्र निर्माण घोषणासँगै मुख्य कलाकार पनि फाइनल भएका छन् । यस चलचित्रमा नायक पुष्प खड्का र नायिका दीपिका प्रसाँइको मुख्य भूमिका रहने बताइएको छ । पुष्प र दिपिकाको साथमा बुद्धि तामाङ, रविन्द्र झा लगायतका कलाकारको पनि मुख्य भूमिका रहनेछ । दिपक वलीको निर्देशनमा बन्ने यो 'कृष्ण लीला'मा लक्ष्मण सुवेदीको लेखन छ । इलाम तथा तराइका विभिन्न जिल्लामा छायाङ्कन गरिने चलचित्र असोजको १५ गतेबाट फ्लोरमा जाने योजनामा निर्माण पक्ष छ । रोहित कट्टेलको प्रस्तुतिमा तयार हुन लागेको यो चलचित्रका निर्माता रत्न श्रेष्ठ हुन् । चलचित्रमा अर्जुन पोखरेलले सङ्गीत रहने छ भने रोमान्टिक सस्पेन्स कथामा चलचित्र बन्ने छ ।