अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा अभिनीत म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक 'ओइ कान्छी' बोलको म्युजिक भिडियोमा प्रमोद खरेल र सुजता केसीको आवाज रहेको छ । गीतमा दीपक शर्माको शब्द तथा सङ्गीत रहेको छ भने एरेञ्ज सहस शाक्यले गरेका हुन् । 'पहिलो पल्ट भेट हुँदा' पश्चात् यस भिडियोमा सहकार्य गरेका पल र पूजाको जोडी निकै सुहाएको छ । काजिस श्रेष्ठको कोरियोग्राफी एवं निर्देशन रहेको भिडियो शुक्रवार युट्युबमा सार्वजनिक गरिएको हो । अर्जुन तिवारी र उनको समूहले खिचेको भिडियो सम्पादन दीपक विष्टले गरेका छन् । यस म्युजिक भिडियो 'द डिभाइन म्युजिक'को युट्युब च्यानलमा उपलब्ध छ ।