अभिनेत्री साम्राज्ञी आरएल शाह केही दिन यता एक पछि अर्को चलचित्रमा अनुबन्धित भएको खबर बाहिरिएको छ । चलचित्र 'ड्रिम्स' बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी शाह चर्चामा आइरहने अभिनेत्री हुन् । दर्शक माझ लोकप्रिय अभिनेत्री साम्राज्ञीले र निर्देशक मिलन चाम्सको सहकार्य हुने भएको छ । हाल स्क्रिप्टको काम फाइनल भइरहेको चलचित्रमा साम्राज्ञीले काम गर्ने पक्का भएको हो । श्रोतका अनुसार एक महिना अघि नै साम्राज्ञी सँग मिलनले सम्झौता गरेका थिए । चलचित्रमा साम्राज्ञीको अपोजिटमा को रहने भने पक्का भैसकेको छैन । निर्देशक चाम्सले यस अघी चलचित्र 'वीर विक्रम', 'ब्लाइन्ड रक्स', 'बबी', 'लिली बिलि', 'वीर विक्रम २' जस्ता चलचित्र निर्देशन गरिसकेका छन् ।