नेपाली चलचित्र 'तीन जन्तु'को फर्स्ट लुक टिजर सार्वजनिक भएको छ । युट्युबमा सार्वजनिक टिजरले चलचित्रको थिम बुझाउने प्रयास गरेको छ । सौगात मल्ल, सृष्टि श्रेष्ठ, रोबिन तामाङ, कालु राणा र अर्पन थापाको मुख्य भूमिका रहेको यस चलचित्रको टिजरमा मुख्य भूमिकामा रहेका यी कलाकारको फर्स्ट लुक सार्वजनिक गरिएको छ । बि.स २०३०को पृष्ठभूमिमा खिचिएको चलचित्रले दुई लुटेराको कथा भन्छ जसले एक अद्भुत महिला मात्र भएको घरबाट एक बाकस चोर्छन् । अर्पण थापाले निर्देशन गरेको यस चलचित्रका निर्माता अरि तामाङ, सन्तोष अधिकारी, केल्ली जोय हुन् । चलचित्रलाई आलोक शुक्लाले खिचेका हुन् भने मिलन श्रेष्ठले सम्पादन गरेका हुन् । फरक धारका चलचित्र निर्देशन गरिरहेका अर्पणको यस चलचित्र पनि केही फरक र रोमाञ्चक हुने टिजरबाट अनुमान गर्न सकिन्छ ।