सात वर्ष पछि एकसाथ देखिन लागेको अभिनेत्री रेखा थापा र अभिनेता आर्यन सिग्देलको चलचित्र ‘रुद्रप्रिया’को गीतको भिडियो सार्वजनिक भएको छ । ‘रुमाल चिनो देऊ’ बोलको गीतमा राजनराज सिवाकोटीको स्वर र सङ्गीत रहेको छ भने गायिका मेलिना राईले सिवाकोटीलाई साथ दिएकी छिन् । गायक तथा सङ्गीतकार सिवाकोटीकै शब्द र राजन इशानको एरेञ्ज रहेको छ। केही दिन अघि मात्र अडियो सार्वजनिक भएको गीतको भिडियो बुधबार बाहिरिएको हो । उक्त भिडियोलागी सेट तयार गर्ने २० लाख लागेको अभिनेत्री थापाले जानकारी दिइन् । 


लक्ष्मीपुजा, कात्तिक २ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘रुद्रप्रिया’लाई सुदिप बबी भूपाल सिंहले निर्देशन गरेका हुन । चलचित्रमा निर्माताको रूपमा सरस्वती थापा र रमेश एमके पौडेल रहेका छन् ।