गायक ब्रबिम शेर्माको आवाजमा 'ज्यानै हाजिर भो' बोलको गीत सार्वजनिक भएको छ । मुन्धुम भाषाका लोकप्रिय गायक शेर्माको यस लोक भाका युट्युबमा सार्वजनिक भएको हो । पूर्वेली लिम्बु सांस्कृतिक स्वाद रहेको गीतमा शब्द र सङ्गीत कवि आख्यानकार राजन मुकारुङको रहेको छ । किरण चाम्लिङले निर्देशन गरेको सार्वजनिक गीतको भिडियोमा गायक शेर्मा र सिरेङ इक्शा मादेनको अभिनय रहेको छ । भूपेन्द्र तुम्बाहाम्फेले खिचेको भिडियो सम्पादन अनिल राना मगरले गरेका हुन् । गीतले पूर्वेली लिम्बु जीवन शैली, संस्कृति, भेसभुसा, आदिलाई निकै सुन्दर तरिकाले प्रस्तुत गरेको छ ।