गायक सिडी विजय अधिकारीको सुमधुर स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । 'सम्झेर सानु' बोलको म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएको हो । गीतमा अमेरिकामा रहेर गीत रचना र सङ्गीत सिर्जनामा सक्रिय दिल खड्काको शब्द तथा सङ्गीत रहेको छ ।  गीतलाई फणीन्द्र राईले सङ्गीत संयोजन गरेका हुन् । गीतमा सुखी जीवन बिताउने सपना देखेर बिदेसिएका परदेशीहरूको भावना प्रस्तुत गरिएको छ । धन कमाएर नेपाल फर्किन्छु भन्दा भन्दै बाध्यतामा परेका परदेशीहरू जो आफ्नो  प्रिय मान्छेलाई सम्झिँदै बसेका हुन्छन् ती प्रिय मान्छेहरू प्रति गीत समर्पित गरिएको छ । सार्वजनिक म्युजिक भिडियोमा रोशनी कार्की र राज खड्का फिचर्ड छन् । राज खड्काको निर्देशनमा भिडियो तयार गरिएको भिडियो बुद्ध थापाले छायाङ्कन र विष्णु खड्काले सम्पादन गरेका हुन् ।