नव गायिका अस्मिता परियारको स्वरमा गीत सार्वजनिक भएको छ । युट्युबमा 'सुरुवात' बोलको गीत सार्वजनिक गरिएको हो । प्रतिमा श्रेष्ठको शब्द रचना रहेको गीतमा अनिल शाहीको सङ्गीत रहेको छ । प्रेम भाव बोकेको गीतको भिडियोमा अस्मिता आफैले अभिनय पनि रहेको छ । गीतको भिडियोलाई अर्जुन तिवारीले छायाङ्कन गरेका हुन् भने सुप्रिम पराजुलीको सम्पादन रहेको छ । शान थापाले निर्देशन गरेको भिडियो तथा अडियो सुन्दर बनेको छ । अस्मिताको यस डेब्यु गीतले उनलाई सम्भावना बोकेकी गायिकाको रूपमा स्थापित गर्ने अनुमान गर्न सकिन्छ । यस म्युजिक भिडियो 'ट्री इन्टरटेन्टमेन्टको युट्युब च्यानलमा उपलब्ध छ ।