चलचित्र 'लक्ष्मी पूजा'को पहिलो गीत रिलिज भएको छ । यही दशैँमा रिलिज गर्ने तयारीमा रहेको यस चलचित्रको 'जिन्दगी' बोलको स्याड भर्सन गीत युट्युबमा रिलिज गरिएको हो । माण्डवी त्रिपाठीको स्वर रहेको गीतमा दयाराम पाण्डेको शब्द तथा विपिन आचार्यको सङ्गीत रहेको छ । सार्वजनिक गीत को भिडियोमा अस्मिता जुरेली, जयकिशन बस्नेत, नीर शाह, जाह्नवी बस्नेत फिचर्ड छन् । सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रलाई समीर मियाँले निर्देशन गरेका हुन् । 'लक्ष्मी पूजा'मा जयकिशन बस्नेत, जाह्नवी बस्नेत, अस्मिता जुरेली, नीर शाहको अभिनय रहेको छ भने सलोन बस्नेत र रियाशा दाहाल विशेष भूमिकामा रहने छ भने जाह्नवी बस्नेतलाई दोहोरो भूमिकामा देखिने छ । केदार भुषालको लेखन, रामजी लामिछानेको कोरियोग्राफी र जयकुमार दर्लामीको छायाङ्कन रहेको चलचित्रले दशैं र तिहारको परिवेशलाई चलचित्रमा प्रस्तुत गरेको छ । कोरोना भाइरसको कारण लामो समय हल नखुल्दा चलचित्र क्षेत्र मारमा परेको छ । त्यसैले स्थिति अझ सामान्य नभए यस चलचित्र डिसहोमबाट प्रदर्शन गरिने तयारीमा निर्माण पक्ष छ ।