सफल एवं लोकप्रिय गायक प्रमोद खरेलको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । गायक खरेलले यस अघी गाएका गीत भन्दा फरक शैलीको गीत 'छाती चिरेर' युट्युबमा सोमवार सार्वजनिक भएको हो । हरि लम्सालको सङ्गीत, प्रमोदकै शब्द रहेको गीतले प्रेमको चाहना बोकेकाहरूको भावना बोक्छ । गीत प्रेम, वियोग र चाहानाको सङ्गम बनेको छ । सार्वजनिक गीतको भिडियोमा गायक प्रमोद खरेल र नायिका ऋचा शर्माले अभिनय गरेका छन् । भने भिडियो निर्देशन दीपक प्रसाद आचार्यले गरेका हुन् । चन्दन दत्तको सम्पादन, अर्जुन तिवारीको छायाङ्कन रहेको गीतको अडियो तथा भिडियो निकै सशक्त छ नै साथमा ऋचा र प्रमोदको अभिनय पनि निकै सुन्दर र मार्मिक रहेको छ । गीतले सार्वजनिक भए लगत्तै दर्शकको निकै सकारात्मक प्रतिक्रिया पाइरहेको छ । गीत गायक खरेलको आफ्नै युट्युब च्यानल 'प्रमोद खरेल'मा उपलब्ध छ ।