जग्दिश समाल र अश्मिता अधिकारीको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । 'तिम्रो प्यारमा छु' बोलको गीत युट्युबमा सोमबार सार्वजनिक गरिएको हो । अनु शाहको शब्द रहेको गीतमा नारायण सुबेदी आभाषको सङ्गीत रहेको छ । गीत उदय  राज पौडेलले एरेन्ज गरेका हुन् । निकेश खड्काले निर्देशन गरेको सार्वजनिक गीतमा आकश श्रेष्ठ, नीलम चन्द फिचर्ड छन् । गीतको भिडियोमा आकाश र नीलम लाई नृत्य निर्देशक सुबोल थापाले नृत्य निर्देशन गरेका हुन् । बुद्ध थापाले छायाङ्कन गरेको भिडियोलाई बिकास धमलाले सम्पादन गरेका हुन् । यस म्युजिक भिडियो ओएस आर डिजिटलको युट्युब च्यानलमा उपलब्ध छ ।