गायिका अस्मिता अधिकारी र टेक वि.सीको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । 'झमक्या बुलाकी' बोलको गीत मङ्गलबार युट्युबमा सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा भिम वि. सीको शब्द तथा सङ्गीत रहेको गीतमा उदय राज पौडेलको एरेन्ज रहेको छ । नितिन चन्दले निर्देशन गरेको डान्सिङ्ग नम्बरमा कलाकार बुद्धि तामाङ, डिमोन छेत्री, सुधीर श्रेष्ठ, उषा उप्रेती, श्रेया रेग्मी, विशाल सिटौला र समीक्षा बस्नेत फिचर्ड छन् । राजीव समरले कोरियोग्राफी गरेको म्युजिक भिडियोलाई रुपेश थापाले छायाङ्कन र नितिन चन्दले सम्पादन गरेका हुन् । भिडियोलाई विशाल रेग्मीले निर्माण गरेका हुन् ।