बलिउड अभिनेता अमिताभ बच्चन परिआएको अवस्थामा र आफूले गर्नु पर्ने ठाउँमा सहयोग गर्न सधैँ अघी सर्छन् । प्राकृतिक विपत् होस् या कसैको व्यक्तिगत समस्या उनी समक्ष आशाले पुगेकालाई निराश बनाउँदैनन् । आजसम्म भौतिक एवं मनोवैज्ञानिक सहयोग गर्दै आएका अमिताभले अंगदान गर्ने घोषणा गरेका छन् । अमिताभले बुधवार ट्वीटरमार्फत आफूले गर्ने निर्णय गरेको उल्लेख गरेका छन् । उनले आफ्नो हाल को एक तस्बिर सार्वजनिक गर्दै आफूले अंगदान गर्ने शपथ लिएको लेखेका छन् । उनले पोस्ट गरेको उक्त तस्बिरमा उनले लगाएको कोटमा एक सानो हरियो रङ्गको रिबन देखिन्छ जसलाई उदृत गर्दै बच्चन लेख्छन्, ' मैले एक शपथ लिइसकेको छु कि म अर्गान डोनर हो । यो हरियो रिबन यसको पवित्रताका लागि पहिरिएको हुँ ।'