अनमोल गुरुङको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । 'हजारौँ रहर' बोलको गीत बुधवार युट्युबमा सार्वजनिक गरिएको हो । कालेबुङ सहर प्रति समर्पित गीतले यो सहरसँग जोडिएका याद र आफूले बिताएका विगतलाई याद गरिएको छ । गीत गायक गुरुङ आफैले लेखेका हुन् भने सङ्गीत पनि उनैको रहेको छ । सार्वजनिक गीतको भिडियोमा अनमोलको साथमा रिया भुजेल फिचर्ड छन् । जोना गुरुङले खिचेको भिडियोले कालेबुङको सुन्दरता र योसँग जोडिएका कुराहरूलाई सुन्दर रूपले प्रस्तुत गरिएको छ । चलचित्र निर्देशक निर्माता समेत रहेका गायक गुरुङले यस गीतलाई आफ्नो विगतसँग प्रत्यक्ष रूपमा जोडेका छन् । जसले गीत निकै सुन्दर र भावुक बनाएको छ । यस गीत माउन्टेन स्टोरिज इन्टरटेन्टमेन्टमा उपलब्ध छ ।