गायक राइमन राइले आत्महत्या गरेका छन् । आफ्नो फुफुको घरमा बस्दै आएका राईले मंगलबार राती १ बजे झुन्डिएर आत्महत्या गरेका थिए । पुर्ख्यौली घर भोजपुर भएका ३८ बर्षीय राई हाल धरान–११ सिर्जनाचोकमा बस्दै आइरहेका थिए । करिब पाँच दर्जन भन्दा बढि गीतमा काम गरेका राई संगीतकार पनि हुन् । अविवाहित रहेका राई ‘भाग्यमा नै थिएन होला शायद हाम्रो मिलन’ गीतबाट चर्चामा आएका थिए । धरानको स्कुलमा अस्थायी शिक्षक रहेका राई किरात राई सांस्कृतिक कलाकार संघ सुनसरीका पूर्वअध्यक्ष समेत हुन् ।