गायिका रजिना रिमालको आवाजमा 'तिमी आउन सक्छौ' बोलको गीत सार्वजनिक भएको छ । केही समय पहिलेको निकै लोकप्रिय बनेको गीत 'पानीको फोका'को सफलतापछि सार्वजनिक गरिएको यस गीत लाई 'पानीको फोका २' नाम दिइएको छ । गीतको जेन्स् भर्जन पनि सार्वजनिक भएको छ । सार्वजनिक गीतमा राजुबाबु श्रेष्ठको शब्द रहेको छ भने हरि लम्सालले सङ्गीत भरेका छन् । एरेन्ज भने किरण कँडेलको छ । गायिका रिमालको आवाज रहेको गीतको भिडियोमा अभिनेत्री लक्ष्मी बर्देवा र जीवन भट्टराईको अभिनय रहेको छ । लक्ष्मी र जीवनले नै निर्देशन गरेको भिडियोलाई बुद्ध थापाले खिचेका हुन् भने विष्णु खड्काले सम्पादन गरेका हुन् । गीतको अडियो त सुन्दर बनेको छ नै भिडियो पनि निकै मार्मिक रहेको छ । भिडियोले चर्चा र आफ्नो करियरको लागी सम्बन्ध र मातृत्वको अर्थ नदेख्ने एक मोडलको जीवनलाई देखाउन खोजेको छ ।