पछिल्लो केही हप्ता यता चर्चामा आएको गीत हो 'लज्जावती झार' । यस गीतले दर्शकको मन मात्र जितेन साथमा युट्युबको ट्रेन्डिङको शीर्ष स्थानमा पर्न समेत सफल भयो । गीतका गायक तथा सङ्गीतकार महेश काफ्लेका अघिल्ला दुई गीत निकै सफल भए । साथमा करोड क्लबमा समेत पर्न सफल भयो । यस गीतमा गायनमा महेशलाई गायिका अस्मिता अधिकारीले स्वर दिएर साथ दिएकी छिन् । गीत रिलिज भएसँगै महेश र अस्मिताको चर्चा बढेको छ । यी दुईको सहकार्यमा बनेको गीत एउटा सुन्दर रचना मात्र नभएर दर्शकको मनमा बस्न सफल सांगीतिक कोशेली भएको दर्शकले प्रतिक्रिया दिएका छन् । यस गीत बारे बताउँदै गायक काफ्लेले गीतको लागी अस्मिताले निकै मेहनत गरेको बताए । उनले गीतको लागी दर्शकले दिएको प्रतिकृया अस्मिताले डीजर्भ गर्ने सुनाए । यसै गरी अस्मिताले पनि आफूले महेश जस्तो स्थापित गायक रचनाकार सँग काम गर्न पाउँदा आफ्नो सपना नै पुरा भएको जनाइन् ।

यसै गरी उनले भिडियोमा काम गर्दाको अनुभव सुनाउँदै गीत आफ्नो व्यक्तिगत व्यवहार र नेचरको कारण आफै गीतमा अभिनय गरेको सुनाउँछन् । गीत र गीतको भावसँग आफ्नो व्यक्तित्व मिल्ने भएकाले फिचर्ड भएको सफल नायिका आँचल शर्मासँग काम गर्दा केही असहज हुने हो कि भन्ने डर भएको बताए । आफूलाई असहज लागे पनि गीतकी नायिका आँचलले निकै सहज वातावरण सृजना गरेको र काम गर्ने क्रममा सहज भएको उनको अनुभव छन् । सानो उमेरमा नै लोकप्रिय गायकको रूपमा स्थापित बनेका महेशले यस गीतसम्म आइपुग्दा धेरै कुरा अनुभव गर्न पाएको र नेपाली म्युजिक इन्डस्ट्रीको बारेमा बुझ्ने अवसर पाएको बताएका छन् ।