केही दिन अघी युट्युबमा रिलिज भएको गीत 'छाती चिरेर' यति बेला चर्चामा छ । गायक प्रमोद खरेलको आवाज रहेको यस गीत केही फरक शैलीको छ भने गीतको भिडियो अझै अचम्ममा पार्ने खालको छ । भिडियोमा गायक खरेलसँगै अभिनेत्री ॠचा शर्मा फिचर्ड छिन् । गीतको साथै भिडियो निकै मार्मिक र यथार्थ परक रहेको छ । ॠचाले करिब एक दशक अघी गायक खरेलको 'हे माया' मा अभिनय गरेकी थिइन् जसले उनलाई धेरै दर्शकको नजरमा पारिदियो । फेरी दशक पछि उनै लोकप्रिय गायक प्रमोद खरेलको गीतमा काम गर्ने अवसर आउँदा विगत तिर फर्किएको र धेरै खुसी पनि दिएको अभिनेत्री ॠचा बताउँछिन् । साथै गीत पनि निकै राम्रो बनेको र निर्देशक दीपक प्रसाद आचार्यसँग काम गर्दा निकै खुसी लागेको उनको भनाइ छ । यसै गरी यस गीतलाई दर्शकले मन पराएपछि र अब सिक्वेल बन्छ कि भन्ने दर्शकको चासोमा गायक खरेल आफू सिक्वेलको पक्षमा नभएको बताउँछन् ।

उनका अनुसार सिक्वेल निर्माण हुँदा पछिल्लो गीतको अस्तित्व हुनुपर्ने जति हुँदैन । निर्देशक दीपकका अनुसार दर्शक श्रोताले भिडियो हेरेपछि गीत नै नै वियोगान्त हो भन्ने अनुभव गरेको प्रतिकृया दिएका छन् । आफूले गरेको कामलाई दर्शकले यती धेरै मन पराइदिँदा आफूलाई यस क्षेत्रले दिएको माया र साथ जति ठुलो केही नलाग्ने अभिनेत्री शर्माको भनाइ छ । साथै उनले निर्देशक दीपक र आफ्नो पुनः सहकार्य हुने सम्भावना रहेको समेत बताएकी छिन् ।