मेलिना राई र कोशिश क्षेत्रीको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । 'मोटीघाटी माया' बोलको गीत युट्युबमा सार्वजनिक गरिएको हो । गीतमा कोशिश क्षेत्रीको सङ्गीत तथा लेखु सहयात्रीको शब्द रहेको छ । भने गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन् । सार्वजनिक गीतको म्युजिक भिडियोमा अभिनेत्री सुमी मोक्तान र अभिनेता पुष्प खड्का फिचर्ड छन् । भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको छ भने निर्देशन हरि हुमागाईँले गरेका हुन् । यसै गरी  उत्तम हुमागाईँले खिचेको भिडियो रमेश थापाले सम्पादन गरेका हुन् ।