अमृत क्षेत्रीको आवाजमा ‘लाजको घुम्टी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार तथा समाजसेवी अम्बिका गुरुङको शब्द रचना तथा गायक क्षेत्री कै सङ्गीत रहेको गीत युट्युबमा सार्वजनिक गरिएको हो । प्रेम दर्साउने मेलोडियस गीतको भिडियोमा गायक क्षेत्री र उनकी श्रीमती सङ्गीता क्षेत्रीले अभिनय गरेका छन् । यो जोडीले यसअघि ‘मग-मग’ बोलको गीतमा एकसाथ अभिनय गरेका थिए । भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् भने छायाङ्कन बुद्ध थापा र सम्पादन विकास धमलाको रहेको छ । दुई महिना पहिले गायक क्षेत्रीको ‘जहाजै चढेर’ बोलको गीत निकै रुचाइएको थियो।