अमृता नेपाली र गायक यज्ञ विश्वकर्माको आवाजमा नयाँ सार्वजनिक भएको छ । 'ए माइली' बोलको गीत शुक्रवार युट्युबमा सार्वजनिक गरिएको हो । रमेश परियारको शब्द तथा लय सिर्जना गीतलाई कृष्ण बि.के भान्जाले एरेन्ज गरेका हुन् । सार्वजनिक गीतको भिडियोमा नायिका केकी अधिकारी र गायक प्रकाश सपुत फिचर्ड छन् । गायक हुँदै म्युजिक भिडियो र चलचित्रमा समेत अभिनय गरिरहेका गायक सपुत र लोकप्रिय अभिनेत्री केकी सुन्दर अभिनयाँ रहेको यस म्युजिक भिडियोले माया प्रेमका कुरा र यस बिच आउने समस्याको भाव बोकेको छ । गीतले आफूले माया गर्ने मायालुलाई बिर्सन नसक्ने र टाढा हुन नसक्ने बताउँछ । अर्जुन थापाको निर्देशन रहेको भिडियो सुशील डाँगीले छायाङ्कन गरेका हुन् । निरञ्जन केसीको सम्पादन रहेको भिडियोमा बाल कलाकारको रूपमा अनुरोध थापा र न्यायधिस विक्रम शाहीको अभिनय रहेको छ ।