गायक सङ्गीतकार कालीप्रसाद बास्कोटा र गायिका अस्मिता अधिकारीको स्वरमा 'सोल्टिनी' बोलको गीत भएको छ । गीतमा सङ्गीत गायक बास्कोटा कै रहेको छ भने शब्द दिनेश थपलियाको रहेको छ । गीतमा मिक्सिङ एरेन्ज र मास्टरिङ्ग श्यामस्वेत रसाइलीको रहेको छ । भने सार्वजनिक गीतको भिडियोमा कार्टुन क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्मा फिचर्ड छन् । गीतमा सोल्टिनीको प्रेममा पररे फकाउँदै गरेका सोल्टीको कथा भनिएको छ । भिडियोको निर्देशन तथा कोरियोग्राफी गम्भिर विष्टले गरेका हुन् । नवराज उप्रेतीले छायाङ्कन गरेको भिडियो सम्पादन नवीन निरौलाले गरेका हुन् । गीतको अडियो र भिडियो निकै सुन्दर बनेको छ । यस म्युजिक भिडियो गज्जब टिभीको युट्युब च्यानलमा उपलब्ध छ ।