गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘प्रेमगीत २’ले बुधबार सम्म आइपुग्दा सन्तोषजनक व्यपार गरेको छ । मिश्रित प्रतिक्रिया पाएको ‘प्रेमगीत २’ हेर्ने बुधबार राती हलमा केही बिशिष्ट व्यक्तीहरु पुगेका छन् । रामशरण पाठकको निर्देशन रहेको चलचित्र हेर्नेलाई बरिष्ठ पत्रकार ऋषि धमला, हालै स्थानिय चुवानमा उम्मेद्धारमा उठेर चर्चामा रहेकी बिवेकशिल पार्टीकी रन्जु दर्शना, त्यस्तै साझा पार्टीका किशोर थापा, आकाश अधिकारी लगायतका बिभिन्न व्यक्तिहरु हलमा पुगेका थिए। चलचित्र हेरिसेकपछि उनीहरुले खुलेर प्रसंशा गरेका छन् ।
चलचित्र हेरिसकेपछिको प्रतिक्रिया :
सन्तोष सेनको निर्माण रहेको चलचित्र ‘प्रेमगीत २’मा प्रदिप खड्का र नव नायिका अश्लेषा ठकुरीको मुख्य भुमिका रहेको छ ।