'के लाई हेरेकी' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक म्युजिक भिडियोमा अभिनेत्री वर्षा राउत र अभिनेता नाजिर हुसेनको अभिनय रहेको छ । राजनराज सिवाकोटीको स्वर रहेको गीतमा रोशनीको शब्द रचना रहेको छ । गीतमा गुमनामको सङ्गीत रहेको छ । सार्वजनिक म्युजिक भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ भने निर्देशन शान थापाले गरेका हुन् । भिडियोमा नाजिर र वर्षका साथमा स्यान्डी सदौलाको पनि अभिनय रहेको छ । भिडियो अर्जुन तिवारी र टिमले खिचेका हुन् । आइतबार सार्वजनिक गरिएको गीत दर्शकले निकै रुचाइरहेका छन् । माया प्रेमलाई कमेडी भावमा प्रस्तुत गरिएको भिडियो निकै सुन्दर बनेको छ भने अडियो पनि मन छुने खालको छ । यति बेला गीत ट्रेन्डिङमा परिरहेको छ । यस म्युजिक भिडियो '8 के एभरेस्ट मोसन पिक्चरस'मा उपलब्ध छ ।