हेमन्त शर्मा र एलिना चौहानको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । ‘तिमी बाहेक मेरो कोही छैन’ बोलको गीत आइतबार युट्युबमा सार्वजनिक गरिएको हो । गीतमा हेमन्त शर्माको शब्द तथा सङ्गीत रहेको छ भने कृष्ण विकको एरेन्ज रहेको छ । सार्वजनिक रोमान्टिक गीतको भिडियोमा अभिनेता पल शाह र रियाशा दाहाल फिचर्ड छन् । नितिन चन्दको निर्देशन रहेको म्युजिक भिडियोको कोरियोग्राफी देवेन्द्र पाण्डेले गरेका हुन् । रुपेश थापाले छायाङ्कन गरेको भिडियोलाई नायक शाहले सम्पादन गरेका छन् भने अशोक मल्लको कन्सेप्ट रहेको छ । भिडियोमा पल र रियाशा रोमान्टिक अवतारमा प्रस्तुत भएका छन् । गीतको अडियोमा साथमा भिडियो निकै सुन्दर र बनेको छ। यस म्युजिक भिडियो गायक शर्माको आधिकारिक युट्युब च्यानलमा उपलब्ध छ ।