चलचित्र ‘रोमियो एण्ड मुना’को तीज लक्षित गीत 'डान्समा एक नम्बर' सार्बजनिक गरिएको छ । गीतमा सृष्टि र मेनुकाको अलावा बसुन्धरा भूषाल, सुस्मा कार्कीलाई फिचर गरिएको छ । सार्बजनिक गीतमा कोशिस क्षेत्री, झुमा निरौला,मिना निरौला र दीपा लामाको स्वर रहेको छ भने संगीत कोशिस क्षेत्री र शब्द कोशिस र दिनेश राउतले संयुक्त रुपमा कोरेका हुन् ।
नायक विनय श्रेष्ठ र सुष्टि श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्रलाई नरेश कुमार केसीको निर्देशन गरेका हुन् । चलचित्रको प्रर्दशन मिति माघ २६ गतेलाई तय गरिएको छ ।