चलचित्र विकास बोर्डले सातै प्रदेशमा चलचित्र छायाङ्कन स्थल निर्माण सम्भाव्यता अध्ययन समिति गठन गरेको छ । भदौ २२ गतेको बोर्डको बैठकले समिति गठन गरेको थियो ।चलचित्र छायाङ्कन स्थल निर्माण सम्भाव्यता अध्ययन समिति गठन गरेको थियो । केन्द्रीय सरकारको 'प्रत्येक प्रदेशमा फिल्म छायाङ्कन स्थल निर्माण गर्ने' कार्यक्रम बनाएको छ । बोर्डले यसै योजनालाई मूर्त रूप दिने क्रममा सोमबार समितिको ब्यहोरा सार्वजनिक गरेको छ । बैठकले गरेको निर्णयको आधारमा सुदूर पश्चिम प्रदेशको लागी समिति बनाएको छ । बोर्डका सदस्य नरेन्द्र महर्जन संयोजक रहेको सुदूर पश्चिमको 'प्रदेश चलचित्र छायाङ्कन निर्माणको सम्भाव्यता अध्ययन समिति'मा चलचित्रकर्मी विराज भट्ट सहसंयोजक रहेका छन् । यसै गरी सदस्यहरूमा ऋचा शर्मा, विरेन्द्र भट्ट, राजकुमार श्रेष्ठ, मोहन राज जोशी र सचिवमा हरिसिंह रैखोला रहेका छन् । सो समितिलाई आउँदो पुसभित्र प्रतिवेदन तयार गरी बोर्ड र प्रदेश सरकारको सम्बन्धित निकायलाई बुझाउन निर्देशन दिइएको छ ।