गायिका रजिना रिमाल र उनका पति विनोद श्रेष्ठलाई कोरोना भाइरस सङ्क्रमण भएको छ । पछिल्ला केही दिन यता कोरोना सङ्क्रमणको दर निकै बढिरहेको छ भने नेता देखी सभासद र राजनैतिक उच्च ओहोदाका व्यक्तिहरूलाई कोरोना पोजेटिभ भएको खबर आइरहेका छन् । यसै बिच पछिल्लो समय गायनमा निकै व्यस्त र चर्चित गायिका रिमाल र उनका पतिलाई कोरोना पोजेटिभ भएको राजिना आफैले सार्वजनिक गरेकी हुन् । उनले सामाजिक सञ्जाल मा स्ट्याटस पोस्ट गर्दै यसबारे जानकारी दिएकी हुन् । उनले आफू र पतिमा कोरोना पोजेटिभ देखिएको बताउँदै आफूहरूसँग सम्पर्कमा आएकाहरू सबैलाई सुरक्षित रहन र आसोलेशनमा बस्न आग्रह गरेकी छिन् ।रजिनाका एक वर्षका छोरालाई भने हालसम्म कुनै लक्षण देखिएको छैन । गायिका रिमाल र उनको परिवारलाई शिर्घ स्वास्थ्य लाभको कामना!