गायिका मेलिना राईको स्वर रहेको गीत 'के दिऊँ खै' सार्वजनिक भएको छ । बुधवर युट्युबमा सार्वजनिक म्युजिक भिडियोमा एकनारायण भण्डारीको शब्द र आशिस अविरलको सङ्गीत रहेको छ । अभिनेत्री आँचल शर्मा र कलाकार विकास लामिछानेको अभिनय रहेको भिडियोमा सुब्रतराज आचार्यले निर्देशन गरेका हुन् । रोमान्टिक शैलीमा निर्माण भएको गीत र भिडियोमा अनायासै भेट भएका प्रेमिल जोडीको भाव प्रस्तुत गरिएको छ । सार्वजनिक भिडियोमा आफूले माया गर्ने मान्छेलाई कोसेली के दिऊँ भनी आत्तिएकी प्रेमिकाको छटपटी निकै सुन्दर तरिकाले प्रस्तुत गरिएको छ । कर्णाली इन्टरटेनमेन्टले निर्माण गरेको म्युजिक भिडियोमा उत्सव दाहालको छायाङ्कन , नवीन निरौलाको सम्पादन ,राजीव समरको कोरियोग्राफी रहेको छ । यस म्युजिक भिडियो 'सङ्गीत सौगात' नामको युट्युब च्यानलमा उपलब्ध छ ।